Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ७ कम्पनीको सेयर सूचिकृत, कुनको कित्ता कति ?

अर्थ संसार

शुक्रबार, १० बैशाख २०७८, १५ : ३३ मा प्रकाशित

नेप्सेमा ७ कम्पनीको सेयर सूचिकृत, कुनको कित्ता कति ?

यो साता नेपाल स्टक एक्सचेन्जमा ७ कम्पनीको सेयर सूचिकृत भएको छ । यस साता नेप्सेमा ८ कम्पनीको ४ करोड ५ लाख ५१ हजार ५११ दशमलब २९ कित्ता सेयर सूचिकृत भएको हो । जसमध्ये ५ कम्पनीको बोनस सेयर र बाँकि ३ कम्पनीको हकप्रद सेयर सूचिकृत भएको छ ।

कुनको कित्ता कति ?
साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड

नेप्सेमा साना किसान विकास लघुवित्तको २५ लाख ५७३ दशमलव ५६ कित्ता बोनस सेयर सूचिकृत भएको छ । संस्थाको उक्त सेयर बैशाख ५ गते सूचिकृत भएको हो । सोहि दिन कम्पनीको १२ हजार ४२२ कित्ता सेयर सूचिकृत भएको छ ।

नागरिक लगानी कोष 

यस साता नेप्सेमा नागरिक लगानी कोषको एक करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । संस्थाको उक्त सेयर बैशाख ५ गते सूचिकृत भएको हो ।

गरिमा विकास बैंक लिमिटेड 

गरिमा विकास बैंकको ४३ लाख ७२ हजार २३० दशमलव ७३ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड 

नेप्सेमा नेपाल इन्भेष्टमेन्ट बैंकको एक करोड ८८ लाख ८३ हजार ७५० कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

साधना लघुवित्त वित्तीय संस्था लिमिटेड 

यस साता नेप्सेमा साधना लघुवित्तको ३ लाख ९२ हजार ४ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

नारायणी डेभलपमेन्ट बैंक लिमिटेड 

नेप्सेमा बैंकको ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद सेयर सूचिकृत भएको छ ।

छ्याङ्दी हाइड्रोपावर लिमिटेड 

यसै साता नेप्सेमा छ्याङ्दी हाइड्रोपावरको एक लाख ४१ हजार ७५० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ ।

यो पनि पढ्नुहोस् 

साथीमार्टले आन्तरीक संस्थापक सेयर बिक्री गर्दै

विदेशमा श्रीमान कमाउने, नेपालमा श्रीमती सेयर कारोबार गर्ने कि ? 

डिप्रोक्स लघुवित्तको लाभांश इतिहास : १० वर्षमा १० हजारको १० लाख !

सिभिल बैंकको ८ वर्षको लाभांश इतिहास : लगानीकर्ताले कति कमाए ?

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको