Like us!
Follow us!
Connect us!
Watch us!

डिप्रोक्स लघुवित्तको लाभांश इतिहास : १० वर्षमा १० हजारको १० लाख !

अर्थ संसार

बुधबार, ०८ बैशाख २०७८, १६ : ४१ मा प्रकाशित

डिप्रोक्स लघुवित्तको लाभांश इतिहास : १० वर्षमा १० हजारको १० लाख !

पछिल्लाे समय लघुवित्त कम्पनीहरूमा पनि लगानीकर्ताहरूकाे आकर्षण बढ्दै गइरहेकाे छ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत लगानीकर्ताहरूकाे राेजाइमा पर्ने कम्पनी हाे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अहिले संस्थाकाे सेयरमूल्य प्रतिकित्ता एक हजार ७ सय ५६ रूपैयाँ रहेकाे छ । 

संस्थाकाे १० आर्थिक वर्षकाे लाभांश इतिहास नियाल्दा १० वटा आर्थिक वर्षमध्ये संस्थाले सबैभन्दा धेरै आर्थिक वर्ष २०७१/७२ मा ५२.६३ प्रतिशत लाभांश (५० प्रतिशत बाेनस र २.६३ प्रतिशत नगद) वितरण गरेकाे थियाे  भने सबैभन्दा थाेरै आर्थिक वर्ष २०७४/७५ मा २० प्रतिशत लाभांश (१० प्रतिशत बाेनस र १० प्रतिशत नगद) वितरण गरेकाे थियाे ।

संस्थाकाे सेयरमा १० वर्ष अगाडि दश हजार रूपैयाँ लगानी गर्ने लगानीकर्ताकाे पुँजी संस्थाले विभिन्न आर्थिक वर्षहरूमा वितरण गरेकाे बाेनसबाट अहिले बढेर १० लाख ९८ हजार ८ सय  रूपैयाँ भन्दा माथी पुगेकाे छ ।

यस्ताे छ डिप्राेक्स लघुवित्त वित्तीय संस्था लिमिटेड​को ५ वर्षको लाभांश इतिहास :

१. आर्थिक वर्ष २०६७/६८ : आर्थिक वर्ष २०६७/६८ मा संस्थाले आफ्ना सेयरधनीहरूलाई २८ प्रतिशत नगद लाभांश वितरण गरेकाे थियाे । याे वर्ष बैंकले बाेनस दिएकाे थिएन ।

२. आर्थिक वर्ष २०६८/६९ : आर्थिक वर्ष २०६८/६९ मा संस्थाले आफ्ना सेयरधनीहरूलाई २५ प्रतिशत नगद लाभांश वितरण गरेकाे थियाे । याे वर्ष पनि बैंकले बाेनस दिएकाे थिएन ।

३. आर्थिक वर्ष २०६९/७० : आर्थिक वर्ष २०६९/७० मा संस्थाले आफ्ना सेयरधनीहरूलाई २० प्रतिशत बाेनस र १५ प्रतिशत नगद गरि कूल ३५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

४. आर्थिक वर्ष २०७०/७१ : आर्थिक वर्ष २०७०/७१ मा संस्थाले आफ्ना सेयरधनीहरूलाई ३५ प्रतिशत बाेनस र १५ प्रतिशत नगद गरि कूल ५० प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

५. आर्थिक वर्ष २०७१/७२ : आर्थिक वर्ष २०७१/७२ मा संस्थाले आफ्ना सेयरधनीहरूलाई ५० प्रतिशत बाेनस र २.६३ प्रतिशत नगद गरि कूल ५२.६३ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

६. आर्थिक वर्ष २०७२/७३ : आर्थिक वर्ष २०७२/७३ मा संस्थाले आफ्ना सेयरधनीहरूलाई ३५ प्रतिशत बाेनस र १७.६३ प्रतिशत नगद गरि कूल ५२.६३ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

७. आर्थिक वर्ष २०७३/७४ : आर्थिक वर्ष २०७३/७४ मा संस्थाले आफ्ना सेयरधनीहरूलाई १६ प्रतिशत बाेनस र १५ प्रतिशत नगद गरि कूल ३१ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

८. आर्थिक वर्ष २०७४/७५ : आर्थिक वर्ष २०७४/७५ मा संस्थाले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र १० प्रतिशत नगद गरि कूल २० प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

९. आर्थिक वर्ष २०७५/७६ : आर्थिक वर्ष २०७५/७६ मा संस्थाले आफ्ना सेयरधनीहरूलाई ३० प्रतिशत बाेनस र १५ प्रतिशत नगद गरि कूल ४५  प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

१०. आर्थिक वर्ष २०७६/७७ : आर्थिक वर्ष २०७६/७७ मा संस्थाले आफ्ना सेयरधनीहरूलाई १५ प्रतिशत बाेनस र ५ प्रतिशत नगद गरि कूल २० प्रतिशत लाभांश वितरण गरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको