Like us!
Follow us!
Connect us!
Watch us!

बेष्ट फाइनान्सको नाफा बढ्यो, सञ्चालन मुनाफामा भने गिरावट

अर्थ संसार

सोमबार, १३ बैशाख २०७८, १२ : २० मा प्रकाशित

बेष्ट फाइनान्सको नाफा बढ्यो, सञ्चालन मुनाफामा भने गिरावट

बेष्ट फाइनान्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा  ७ करोड ११ लाख  रुपैयाँ बराबरको खुद नाफा आर्जन गर्न सफल भएको छ।  यो नाफा गत वर्षको सोहि अवधिसम्मको तुलनामा १७.३५ प्रतिशतले बढी हो ।  गत वर्ष यही अवधिसम्म कम्पनीको खुद नाफा ६ करोड ६ लाख रुपैयाँ रहेको थियो।

यस्तै,  कम्पनीको सञ्चालन मुनाफा ६ करोड ४८ लाख रुपैयाँमा रहेको छ । गत वर्ष सोहि अवधिसम्म कम्पनीको यस्तो मुनाफा ८ करोड ६७ लाख रुपैयाँ रहेको थियो । कम्पनीले  २ करोड १९ लाख रुपैयाँ सञ्चालन घाटा व्यहोरेको हो ।  

कम्पनीको खुद ब्याज आम्दानी पनि घटेर ८ करोड ७७ लाख रुपैयाँ सीमित बनेको छ । गत वर्ष यस्तो आम्दानी १२ करोड ११ लाख रुपैयाँ रहेको थियो। 

कम्पनीको चुक्ता पूँजी ८२ करोड ८९ लाख रहेको छ भने जगेडा कोष ४१ करोड १२ लाख रुपैयाँ भएको छ।  कम्पनीको प्रतिसेयर आम्दानी ११.४५ रुपैयाँ र  प्रतिसेयर नेटवर्थ १११.६४ रुपैयाँ रहेको छ। 

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण हेर्नुहोस्:- 

60865fc9cd775.jfif

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको