Like us!
Follow us!
Connect us!
Watch us!

बेष्ट फाइनान्सले सेयरधनीलाई केहि नदिने, डाक्यो साधारणसभा

अर्थ संसार

बुधबार, २३ असोज २०८१, ०९ : १४ मा प्रकाशित

बेष्ट फाइनान्सले सेयरधनीलाई केहि नदिने, डाक्यो साधारणसभा

बेष्ट फाइनान्स कम्पनी लिमिटेडका सेयरधनीको हात खाली हुने भएको छ।

कम्पनीले कुनै लाभांस बिना नै आफ्नो २७ औं वार्षिक साधारणसभा आवहान गरेको छ। कम्पनीको असोज २२ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले कार्तिक १४ गते काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहानको ११ बजे सभा बोलाएको हो ।

कम्पनीले विशेष प्रस्तावको रुपमा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर प्रक्रियाका लागि र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्ने तय गरेको छ ।

यस बाहेक कम्पनीले आव २०७९।८० को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षक र वार्षिक प्रतिवेदन लगायतका अन्य वित्तीय विवरणहरूमाथि छलफल गर्ने तथा २ जना सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पारित सभामा पेश गर्ने छ। 

फाइनान्स कम्पनीले सभा प्रयोजनार्थ कम्पनीले कात्तिक २ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ ।  कात्तिक १ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको