Like us!
Follow us!
Connect us!
Watch us!

बेष्ट फाइनान्सले बोलायो साधारणसभा,मर्जर प्रमुख एजेन्डा

अर्थ संसार

विहीबार, १५ जेठ २०८२, १० : २४ मा प्रकाशित

बेष्ट फाइनान्सले बोलायो साधारणसभा,मर्जर प्रमुख एजेन्डा

बेष्ट फाइनान्सले आउँदो असार १८ गते वार्षिक साधारण सभा बोलाएको छ।

सभा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे सुरु हुने जनाएको छ।

सभामा अन्य कुनै वित्तीय संस्थासँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा आवश्यक निर्णय गर्न तथा प्रबन्धपत्र र नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने प्रस्ताव प्रस्तुत गरिनेछ।

त्यस्तै, आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान विवरण, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरूमा छलफल गरी पारित गर्ने एजेन्डा छ। साथै, आगामी आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ।

सभाका लागि कम्पनीले जेठ २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार, जेठ २४ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरूले मात्र सभामा सहभागी हुन र प्रस्तावित एजेन्डामा मतदान गर्न सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको