Like us!
Follow us!
Connect us!
Watch us!

कोरोनाको चपेटामा सेयर बजार

अर्थ संसार

सोमबार, १३ बैशाख २०७८, १५ : १६ मा प्रकाशित

कोरोनाको चपेटामा सेयर बजार

सेयर बजारमा भारी गिरावट आएको छ । आज (सोमबार) सेयर बजार भारी अंकले घटेको हो । पछिल्लो समय नेपालमा कोरोना संक्रमण जोखिम ह्वात्तै बढेको छ ।  केहि समयसम्म दिनहुँ नयाँ रेकर्ड राख्दै आएको सेयर बजार केहि दिनदेखि ओरालो यात्रामा रहेको छ । संक्रमणदर बढेसँगै सेयर बजारमा यसैको प्रभाव परेको लगानीकर्ताहरुले बताएका छन् ।

आज सेयर कारोबार मापक नेप्से परिसूचक ६५.५८ अंकले घटेर २५०६.६१ को बिन्दुमा पुगेको छ । यसअघि २७ सयको बिन्दु नाघेको सेयर बजार निरन्तर ओरालो लागेर २५ सयको बिन्दुमा पुगेको हो । 

यस्तै, सेन्सेटिभ परिसूचक ११.२५ अंकले घटेर ४५२.७९ को बिन्दुमा पुगेको हो  । कूल २२० कम्पनीको एक करोड २६ लाख २१ हजार ९६४ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ४८ करोड ६७ लाख १३ हजार २३९ रुपैयाँ बराबरको कारोबार भएको छ  ।

कूल १३ वटा उपसमूहमा १३ वटै उपसमूहको सेयर घटेको छ । बजार भारी अंकले घट्दा अप्पर तामाकोशी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीले ३१ करोड ५८ लाख ६४ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ । त्यसैगरी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल पुनर्बीमा कम्पनी, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स लगायतको सर्वाधिक कारोबार भएको छ । 

विशाल बजार कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाउँदा रिलायन्स फाइनान्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको