Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा वृद्धि, कारोबार रकम ५ अर्ब १३ करोड

अर्थ संसार

बुधबार, १६ पुस २०८२, १५ : ०८ मा प्रकाशित

सेयर बजारमा वृद्धि, कारोबार रकम ५ अर्ब १३ करोड

बुधबार सेयर बजार सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक १०.८७ अंकले बढेर २६३३.७६ को बिन्दुमा कायम भएको छ ।

सेयर बजार बढेसँगै बुधबार कारोबार रकममा पनि बृद्धि भएको छ । आज बजारमा कारोबार भएका ३४२ वटा कम्पनीहरुको १ करोड १९ लाख कित्ता सेयर खरिद–बिक्री हुदाँ ५ अर्ब १३ करोडको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै ग्रिन भेञ्चरको सेयर कारोबार भएको छ । आज यस कम्पनीको १७ करोड ७९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बन्दीपुर केलकारको १५ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । श्रीनगर एग्रिटेकको १३ करोड ५८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एसवाई प्यानल र न्यादी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । पियोर इनर्जीका लगानीकर्ताले ६.४७ प्रतिशतका दरले कमाएका छन् । थ्रि स्टारका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै विन नेपाल लघुवित्तका लगानकिर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको