सेन्चुरी कमर्सियल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकको ४६ करोड ६५ लाख ९९ हजार रुपैयाँमा खुद नाफा आर्जन गरेको छ ।गत वर्षको सोहि अवधिको तुलनामा बैंकको नाफामा ६०.८९ प्रतिशतले गिरावट आएको हो । अघिल्लो वर्षको यसै अवधिमा बैंकले ९१ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको थियो ।
चैत मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी १४.८२% ले घटेर १ अर्ब ९१ करोड रुपैयाँमा सिमित भएको छ । गत वर्षको सोहि अवधिमा यस्तो आम्दानी २ अर्ब २५ करोड रहेको थियो ।
त्यस्तै, सञ्चालन नाफा ६२.७४% ले घटेर ४७ करोड २९ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्षको सोहि अवधिमा यस्तो नाफा १ अर्ब ४७ करोड ९२ लाख रुपैयाँ रहेको थियो ।
चुक्ता पूँजी ९ अर्ब ३ करोड रहेको बैंकको प्रतिसेयर आम्दानी ९ रुपैयाँ २२ पैसाले घटेर ५ रुपैयाँ २९ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ ८१ पैसा छ ।
बैंकले प्रकाशन गरेको वित्तीय विवरण हेर्नुहोस् :-
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस