Like us!
Follow us!
Connect us!
Watch us!

प्रिसेसन कारोबार अपडेट : १५.९३ अंकले बढ्यो नेप्से परिसूचक

नेप्से

विहीबार, १६ बैशाख २०७८, १० : ५५ मा प्रकाशित

प्रिसेसन कारोबार अपडेट : १५.९३ अंकले बढ्यो नेप्से परिसूचक

यस साताको अन्तिम कारोबार दिन आज (बिहीबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक १५.९३ अंकले बढेर २६०१.२१ विन्दुमा पुगेको छ । यस्तै, सेन्ससेटिभ परिसूचक ३.१० अंकले बढेर ४६८.२२ विन्दुमा पुगेको छ । 

त्यस्तै, आज प्रिओपन सेसन कारोबारमा २५ कम्पनीको ७ हजार ३ सय १ कित्ता सेयर खरिदबिक्री हुँदा ४५ लाख ८८ हजार २ सय ७४ रुपैयाँको कारोबार भएकाे छ । २५ वटा कम्पनीको कारोबार भएकाेमा १७ वटा कम्पनीकाे बढेको छ, एउटा कम्पनीकाे स्थिर छ र ७ वटा कम्पनीकाे घटेकाे छ ।

बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक १३.७९ अंकले घटेर २५८५.२८ मा पुगेकाे थियाे ।

608a40e531a2b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको