Like us!
Follow us!
Connect us!
Watch us!
तेस्रो त्रैमास वित्तीय विवरण समिक्षा

एनएमबि धेरै नाफा बढाउने, नबिल धेरै नाफा कमाउने: कुन बैंक के कुरामा अब्बल ?

अर्थ संसार

शुक्रबार, १७ बैशाख २०७८, ११ : २० मा प्रकाशित

एनएमबि धेरै नाफा बढाउने, नबिल धेरै नाफा कमाउने: कुन बैंक के कुरामा अब्बल ?

विश्वव्यापी रूपमा फैलिरहेकाे काेराेना भाइरसका कारण अर्थतन्त्र शिथिल बनेकाे अवस्थामा पनि अधिकांश वाणिज्य बैंकहरू भने आफ्ना प्रमुख सूचकहरुमा आकर्षक वृद्धि गर्न सफल भएका छन् । 

हाल सञ्चालनमा रहेका २७ वटै वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । वाणिज्य बैंकहरूकाे तेश्राे त्रैमासकाे रिपाेर्ट नियाल्दा अधिकांश बैंकहरू खुद नाफा वृद्धि गर्न सफल भएका छन् ।

तेस्रो त्रैमाससम्म आइपुग्दा सबैभन्दा धेरै नाफा बढाउनेमा एनएमबि बैंक लिमिटेडले अग्रता कायम गरेकाे छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकले २ अर्ब ५१ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा ८७.८० प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले १ अर्ब ३३ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

यसैगरी, यस अवधिसम्म सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक लिमिटेडले अग्रता कायम गरेकाे छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ३ अर्ब ६७ करोड ९८ लाख रुपैयाँ खुद मुनाफा  हासिल गरेको छ । यो मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.५० प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब १५ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

चैत्र मसान्तसम्ममा आइपुग्दा सबैभन्दा धेरै चुक्ता पुँजी हुनेमा ग्लोबल आइएमई बैंक लिमिटेड अग्र स्थानमा छ । बैंकको चुक्ता पूँजी २१ अर्ब ६३ करोड रुपैयाँ रहेकाे छ ।

यस अवधिसम्ममा जगेडा काेषमा सबैभन्दा धेरै रकम हुनेमा नेपाल बैंक लिमिटेडले अग्रता कायम गरेकाे छ । बैंककाे जगेडा काेषमा १६ अर्ब ८४ करोड ५ लाख ९६ हजार रुपैयाँ सञ्चित छ । याे रकम गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा १८ दशमलव ७९ प्रतिशतले धेरै हाे ।

यस्तै, तेस्रो त्रैमाससम्म आइपुग्दा सबैभन्दा धेरै वितरण याेग्य नाफा हुनेमा पनि नबिल बैंक लिमिटेड नै अग्र स्थानमा छ । बैंकको वितरणयोग्य मुनाफा ८१ दशमलव ४८ प्रतिशतले वृद्धि भएर ३ अर्ब ८० कराेड २४ लाख ९५ हजार रुपैयाँ पुगेको छ । 

चैत्र मसान्तसम्ममा आइपुग्दा सबैभन्दा धेरै प्रतिसेयर आम्दानी हुनेमा पनि नबिल बैंक लिमिटेडले नै अग्रता कायम गरेकाे छ । बैंककाे प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ६३ पैसा रहेको छ ।

त्यसैगरी, तेस्रो त्रैमाससम्म आइपुग्दा सबैभन्दा धेरै खुद व्याज आम्दानी कमाउनेमा ग्लोबल आइएमई बैंक लिमिटेड अग्र स्थानमा छ । बैंकको खुद व्याज आम्दानी १४ दशमलव ४३ प्रतिशतले बढेर ६ अर्ब ८७ करोड २ लाख १२ हजार रुपैयाँ पुगेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको