Like us!
Follow us!
Connect us!
Watch us!

कमोडिटी मार्केटसम्बन्धी निर्देशिकामा धितोपत्र बोर्डले माग्यो सुझाव

अर्थ संसार

शुक्रबार, १७ बैशाख २०७८, १४ : १९ मा प्रकाशित

कमोडिटी मार्केटसम्बन्धी निर्देशिकामा धितोपत्र बोर्डले माग्यो सुझाव

काठमाडौं धितोपत्र बोर्डले बस्तु विनिमय बजार संचालन गर्न अनुमतिपत्र प्रदान गर्ने नीतिगत एवं प्रकृयागत व्यवस्था सम्बन्धी निर्देशिका तयार गरेको छ ।

कमोडिटी मार्केट संचालन गर्न चाहने कम्पनीको चुक्तापूँजी कम्तिमा १ अर्ब रुपैयाँ हुनु पर्ने छ । चुक्ता पूँजीका आधारमा तीन तहका कम्पनी खोल्न पाइने ब्यवस्था निर्देशिकामा छ । न्यूनतम चुक्ता पुँजी १ अर्ब रुपैयाँ, १ अर्ब ५० करोड रुपैयाँ र २ अर्ब रुपैयाँका कम्पनी स्थापना गर्न सकिने छ । चुक्ता पूँजी न्युनतम दुई अर्ब भएको कम्पनीले कमोडिटी मार्केट सम्बन्धी नियमावलीले तोकिएका सबै बस्तुहरुको कारोबार गर्न पाउने छ ।

निर्देशिकामा कमोडिटी बजार संचालन गर्न विदेशी कम्पनीले  पनि पाउने ब्यवस्था गरेको छ । त्यस्तो कम्पनीमा विदेशी लगानीकर्ताले कम्तिमा ५ प्रतिशतदेखि बढीमा ५१ प्रतिशतसम्म सेयर लगानी गर्न पाउने व्यवस्था निर्देशिकामा छ । 

बोर्डले सम्बन्धित सरोकारवाला लगायत सर्वसाधारणहरुलाई यस निर्देशिकाको मस्यौदा सम्बन्धमा आफ्नो राय सुझाव दिन आह्वान गरेको छ । बोर्डले कुनै राय सुझाव भएमा आगामीवैशाख मसान्त भित्र इमेल [email protected]  मा पठाउन आग्रह गरेको छ । 

निर्देशिका हेर्न यहाँ क्लिक गर्नुहोस्

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको