नेपालमा कोरोना संक्रमणदर दिनहुँ बढ्दै गइरहेको छ । कोरोना संक्रमितको दरले एकपछी अर्को नयाँ रेकर्ड राख्दै गइरहेको हो । आज निषेधाज्ञाको दोस्रो दिन नेपालमा झन्डै ६ हजार संक्रमित फेला परेका छन् । 
पछिल्लो २४ घण्टामा नेपालमा थप ५ हजार ७ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १५ हजार ९ सय १६ जनाको परीक्षण गर्दा परीक्षण गर्दा ५ हजार ७ सय २७ जनामा संक्रमण पुष्टि भएको हो 
 रिपोर्ट पोजेटिभ आएको छ भने ५२५ जनाको  ७० जनाको रिपोर्ट पोजेटिभ आएको छ । १५ हजार ३९१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ५ हजार ६ सय ५७ जना र  सय २५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७० जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख २३ हजार १ सय ८७ जना पुगेको छ । 
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ३३ जनाको मृत्यु भएको छ भने ९ सय २८ जना कोरोना संक्रमणमुक्त भइ घर फर्किएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ८ सय १३ पुगेको छ । 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस