नेपाल राष्ट्र बैंक लिमिटेडले २ अर्ब २१ लाख रुपैयाँ बराबरकाे रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएकाे छ । बैंकले बैंककाे विभिन्न काेषमा रहेको उक्त रकम ३६५ दिनका लागि (२०७८ साल जेठ २ गतेदेखि २०७९ साल जेठ १ गतेसम्म) बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको एक सूचना मार्फत जानकारी दिएकाे छ ।
बैंकले क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब ६० करोड १७ लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा ३० करोड ३ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा १० करोड १ लाख रुपैयाँ गरी कूल २ अर्ब २१ लाख रुपैयाँ लगानी गर्न लागेको हो ।
बैंक तथा वित्तीय संस्थाले वैशाख २१ गते, मंगलबार दिउँसो १ बजेसम्म आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ ।
मुद्दती निक्षेपकाे बारेमा सम्पूर्ण विवरण यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस