यस साता महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ता मालामाल भएका छन् । याे साता सर्वाधिक नाफा कमाउनेकाे सूचीमा महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ता अग्र स्थानमा रहेका छन् । 
साताभरमा संस्थाकाे सेयरमूल्य ६० दशमलव ९२ प्रतिशतले बढेर ३ हजार एक सय २५ रूपैयाँ पुगेको छ । गत साताकाे अन्तिम दिन बिहीबार कम्पनीकाे सेयरमूल्य एक हजार ९ सय ४२ रूपैयाँ कायम रहेकाे थियाे । कम्पनीकाे याे तथ्यांक हेर्दा एक सातामा कम्पनीका लगानीकर्ताले प्रतिकित्ता एक हजार एक सय ८३ रुपैयाँका दरले कमाएका छन् ।
महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ ३० गते, शुक्रबारबाट फागुन ५ गते, बुधबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ कराेड रूपैयाँ बराबरकाे ४ लाख कित्ता साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात २० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  ३ लाख ७५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि छुट्याइएको थियाे । 
संस्थाकाे १० लाख कित्ता साधारण सेयर (आईपीओ) चैत्र २ गते, साेमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएकाे थियाे । चैत्र ३ गते, मंगलबारबाट दोस्रो बजारमा कारोबार सुरु भएको थियाे । नेप्सेले संस्थाकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ३१३ रूपैयाँ १६ पैसादेखि अधिकतम ९३९ रुपैयाँ ४८ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको थियाे । संस्थाकाे पहिलो कारोबार प्रतिकित्ता ४ सय ३८ रुपैयाँमा भएको थियाे ।
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस