Like us!
Follow us!
Connect us!
Watch us!

पछिल्लो २४ घण्टामा ५७ सयभन्दा बढी संक्रमित थपिए, १९ जनाको मृत्यु

अर्थ संसार

शनिबार, १८ बैशाख २०७८, १६ : ५८ मा प्रकाशित

पछिल्लो २४ घण्टामा ५७ सयभन्दा बढी संक्रमित थपिए, १९ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् । जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा १४ हजार ९ सय ६९ जनाको परीक्षण गर्दा ५ हजार ७ सय ६३ जनामा संक्रमण पुष्टि भएको हो । 

जसमध्ये १४ हजार ४ सय ३ जनाको पिसिआर विधि र ५ सय ६६ जनाको एन्टिजेन विधिबाट परिक्षण गरिएको थियो । योसँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या ३ लाख २८ हजार ८९३ पुगेको छ ।

त्यस्तै वितेको २४ घण्टामा १९ जनाको मृत्यु भएको छ भने १ हजार २ सय ८७ जना कोरोना संक्रमणमुक्त भएका हुन् । हाल क्वारेन्टाइनमा ६७ जना रहेका छन् ।

608d386fa67d4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको