समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा बोनस सेयर जम्मा गरेकाे छ ।
संस्थाकाे पाैष १४ गते, सम्पन्न भएकाे साताैँ वार्षिक साधारण सभाले पारित गरेकाे २० प्रतिशत बोनस सेयर बुक क्लाेज हुनुभन्दा अघिल्लाे दिन अर्थात् पाैष ४ गतेसम्म सेयर अभौतिकिकरण गराएका शेयरधनीहरुकाे सम्बन्धित हितग्राही खातामा जम्मा गरिएकाे संस्थाले जनाएकाे छ । 
त्यसैगरी, संस्थाले पाैष ४ गतेपश्चात् सेयर अभौतिकीकरण गराएका शेयरधनीको हकमा पनि क्रमशः सम्बन्धित शेयरधनीको हितग्राही खातामा सेयर जम्मा गरिने भएकाले सेयर अभौतिकीकरण गराउन अनुरोध गरेको छ । 
संस्थाकाे सेयर रजिष्ट्रार  आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । यसका साथै, आफ्नो सेयर धिताे राखेका शेयरधनीहरुले बाेनस प्राप्त गर्नका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाकाे स्वीकृति पत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ ।
संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 
                                                                                                                    
                            
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस