Like us!
Follow us!
Connect us!
Watch us!

आईएमई लाईफ इन्स्योरेन्सको बीमा शुल्क आम्दानी ११४ प्रतिशतले बढ्यो

अर्थ संसार

सोमबार, २० बैशाख २०७८, १३ : ४९ मा प्रकाशित

आईएमई लाईफ इन्स्योरेन्सको बीमा शुल्क आम्दानी ११४ प्रतिशतले बढ्यो

आइएमई लाईफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले १ अर्ब ८९ करोड ५४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोहि अवधिको तुलनामा यो आम्दानी ११४ प्रतिशतले धेरै हो । 

कम्पनीले गत वर्षको सोहि अवधिमा ८८ करोड १९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो ।  

चैत मसान्तसम्ममा कम्पनीले १० करोड १ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको सोहि अवधिमा कम्पनीको यस्तो नाफा ९ करोड ८१ लाख रुपैयाँ रहेको थियो ।  

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ, भने जगेडा कोषमा ४५ करोड ५ लाख रुपैयाँ रहेको छ ।कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ५४ पैसा र प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ७५ पैसा रहेको छ । 

608fb110505d9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको