Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल माइक्रोफाइनान्सको लाभांश इतिहास : ४ वर्षमा १० हजारको लगानी ११ लाख !

अर्थ संसार

सोमबार, २० बैशाख २०७८, १३ : ५४ मा प्रकाशित

नेशनल माइक्रोफाइनान्सको लाभांश इतिहास : ४ वर्षमा १० हजारको लगानी ११ लाख !

पछिल्लाे समय लघुवित्त कम्पनीहरूमा पनि लगानीकर्ताहरूकाे आकर्षण बढ्दै गइरहेकाे छ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत लगानीकर्ताहरूकाे राेजाइमा पर्ने कम्पनी हाे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अहिले संस्थाकाे सेयरमूल्य प्रतिकित्ता ३ हजार ६ सय ९० रूपैयाँ रहेकाे छ । 

संस्थाले हालै मात्र तेस्रो त्रैमासमा आकर्षक प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेकाे छ । तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले २४ करोड ९१ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा गत वर्षको सोहि अवधिको तुलनामा ११८.८९ प्रतिशतले धेरै हो । हाल संस्थाको चुक्ता पूँजी ३१ करोड ९४ लाख ९५ हजार रूपैयाँ र जगेडा कोषमा ३८ करोड ३७ लाख ६९ हजार रूपैयाँ रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी १०४ रुपैयाँ ६५ पैसा र प्रतिसेयर नेटवर्थ २२० रुपैयाँ १२ पैसा छ । 

संस्थाकाे ४ आर्थिक वर्षकाे लाभांश इतिहास नियाल्दा ४ वटा आर्थिक वर्षमध्ये संस्थाले सबैभन्दा धेरै आर्थिक वर्ष २०७५/७६ मा ८० प्रतिशत लाभांश (७५ प्रतिशत बाेनस र ५ प्रतिशत नगद) वितरण गरेकाे थियाे  भने सबैभन्दा थाेरै आर्थिक वर्ष २०७६/७७ मा २७ प्रतिशत लाभांश (२१ प्रतिशत बाेनस र ६ प्रतिशत नगद) वितरण गरेकाे थियाे ।

संस्थाकाे सेयरमा ४ वर्ष अगाडि दश हजार रूपैयाँ लगानी गर्ने लगानीकर्ताकाे पुँजी संस्थाले विभिन्न ४ वटा आर्थिक वर्षहरूमा वितरण गरेकाे बाेनसबाट अहिले बढेर ११ लाख ६९ हजार रूपैयाँ भन्दा माथी पुगेकाे छ ।

यस्ताे छ नेशनल माइक्रोफाइनान्स​ लघुवित्त वित्तीय संस्था लिमिटेड​को ४ वर्षको लाभांश इतिहास :

१.  आर्थिक वर्ष २०७३/७४ : आर्थिक वर्ष २०७३/७४ मा पनि संस्थाले आफ्ना सेयरधनीहरूलाई २० प्रतिशत बाेनस र १५ प्रतिशत नगद गरि कूल ३५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

२. आर्थिक वर्ष २०७४/७५ : आर्थिक वर्ष २०७४/७५ मा संस्थाले आफ्ना सेयरधनीहरूलाई २५ प्रतिशत बाेनस र १५ प्रतिशत नगद गरि कूल ४० प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

३. आर्थिक वर्ष २०७५/७६ : आर्थिक वर्ष २०७५/७६ मा संस्थाले आफ्ना सेयरधनीहरूलाई ७५ प्रतिशत बाेनस र ५ प्रतिशत नगद गरि कूल ८० प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

४. आर्थिक वर्ष २०७६/७७ : आर्थिक वर्ष २०७६/७७ मा संस्थाले आफ्ना सेयरधनीहरूलाई २१ प्रतिशत बाेनस र ६ प्रतिशत नगद गरि कूल २७ प्रतिशत लाभांश वितरण गरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको