Like us!
Follow us!
Connect us!
Watch us!

दुवईबाट स्पिकरमा लुकाई ल्याइएको डेढ किलो सुन बरामद,पाँच जना पक्राउ

अर्थ संसार

सोमबार, २० बैशाख २०७८, १४ : ४० मा प्रकाशित

दुवईबाट स्पिकरमा लुकाई ल्याइएको डेढ किलो सुन बरामद,पाँच जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुवईबाट ल्याएको डेढ किलो सुन बरामद गरिएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालय र प्रहरीको टोलीले चेकजाँच गर्दा सो सुन फेला परेको हो ।  सुन ल्याउने पाँच जनालाई पक्राउ गरिएको छ। 

पक्राउ पर्नेमा प्यूठान घर भएका यमलाल खनाल, गुल्मीका जनक खड्का, नुवाकोटका सुमित तामाङ,  धनबहादुर तामाङ र नवलपुरका राजु विश्वकर्मा छन् ।  फरक–फरक उडानबाट काठमाडौं आएका उनीहरुले स्पिकरमा फिट गरेर सुन ल्याएका थिए । पक्राउ परेकाहरूमाथि विमानस्थल भन्सार कार्यालयले अनुसन्धान गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको