Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा करेक्सन : नेप्से परिसूचक घट्यो, कारोबार बढ्यो

अर्थ संसार

सोमबार, २० बैशाख २०७८, १५ : १३ मा प्रकाशित

सेयर बजारमा करेक्सन : नेप्से परिसूचक घट्यो, कारोबार बढ्यो

मंगलबार सेयर बजारमा करेक्सन भएको छ । सोमबार नेप्से ५४ अंकले बढेको सेयर बजार आज भने १२.३५ अंकले घटेको छ ।

यता, कारोबार रकम भने हिजोको तुलनामा बढेको छ । सोमबार ७ अर्ब ३६ करोडको कारोबार भएको थियो भने आज  ७ अर्ब ५२ करोड ९२ लाख ९० हजार १४६ रुपैयाँको कारोबार भएको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार साेमबार सेयर कारोबार मापक नेप्से परिसूचक १२.३५ अंकले घटेर २६५२.७५ मा पुगेकाे छ । नेप्से ०.४६ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक २.६९ अंकले घटेर ४७५.१२ मा पुगेको छ ।

कूल २१६ वटा कम्पनीकाे एक कराेड ५९ लाख ८ हजार ४ सय ९९ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ५२ करोड ९२ लाख ९० हजार एक सय ४६ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज २ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी उपसमूहकाे सेयर घटेकाे छ ।

त्यसैगरी, साेमबार ५ कम्पनीहरुको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड, विशाल बजार कम्पनी लिमिटेड, महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, ङादी ग्रुप पावर कम्पनी लिमिटेड र सिंगटी हाइड्राेपावरकाे सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको