Like us!
Follow us!
Connect us!
Watch us!

यूनियन लाइफ इन्स्योरेन्सले डाक्यो साधारण सभा, यस्ता छन् पारित हुने एजेन्डा

अर्थ संसार

मंगलबार, २१ बैशाख २०७८, १३ : १९ मा प्रकाशित

यूनियन लाइफ इन्स्योरेन्सले डाक्यो साधारण सभा, यस्ता छन् पारित हुने एजेन्डा

यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको वैशाख १९ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा जेठ ११ गते, मंगलबार कम्पनीको रजिष्टर्ड कार्यालय सिद्धार्थ नगरपालिका - ८, रुपन्देहीमा बिहान १० बजेबाट सुरू हुनेछ । 

सभामा सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने, स्वतन्त्र विज्ञ सञ्चालकको नियुक्तिकाे अनुमोदन गर्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरिनेछ ।

त्यसैगरी, कम्पनी ऐनको दफा १०५ को १ (ग) बमोजिम आर्थिक वर्ष २०७५/७६ मा भएको खर्चको अनुमोदन गर्ने सभाकाे विशेष प्रस्ताव गरेको छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6090fc4fda9ae.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको