मंगलबार कोरोना नेपालमा कोरोना संक्रमितको संख्याले नयाँ रेकर्ड राखेको छ । पछिल्लो २४ घण्टामा देशभर थप ७ हजार ६ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  योसँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ३ लाख ५१ हजार ५ जना स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  
बितेको २४ घण्टामा १६ हजार ७ सय २ जनाको परीक्षण गरिएकोमा ७ हजार ६ सय ६० जनामा संक्रमण पुष्टि भएको हो ।  जसमध्ये पिसिआर विधिबाट १६ हजार १ सय ३१ जनाको परीक्षण गर्दा ७ हजार ५ सय ८७  जना र एन्टिजेन विधिबाट ५७१ जनाको परीक्षण गर्दा ७३ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।  
यस्तै पछिल्लो २४ घण्टामा ५५ संक्रमितको मृत्यू भएको छ भने १  हजार ७ सय ७५ जना संक्रमण मुक्त भएका छन् ।  हाल क्वारेन्टाइनमा २५३ जना रहेका छन् ।  
सोमबार ७ हजार ४ सय ४८ जना संक्रमित थपिएका थिए भने ३७ जनाको मृत्यु भएको थियो । पछिल्लो समय कोरोना संक्रमणदरले दिनहुँ नयाँ रेकर्ड राख्दै आएको छ। 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस