Like us!
Follow us!
Connect us!
Watch us!

हकप्रदका लागि अपि पावरले तोक्यो बुक क्लोज मिति

अर्थ संसार

बुधबार, २२ बैशाख २०७८, ०७ : ४१ मा प्रकाशित

हकप्रदका लागि अपि पावरले तोक्यो बुक क्लोज मिति

अपि पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने प्रयाेजनार्थका लागि बुकक्लोज मिति ताेकेकाे छ ।

कम्पनीकाे हकप्रद सेयर निष्कासन गर्ने प्रयाेजनका लागि वैशाख २९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हाे ।  त्यसैले, वैशाख २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र उक्त हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले १ बराबर ०.२९३८ को अनुपातमा ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न सेबाेनबाट वैशाख १९ गते, आइतबार अनुमति पाएको छ ।कम्पनीकाे उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ ।

याे दोस्रो चरणको हकप्रद हाे । यसअघि पहिलाे चरणमा कम्पनीले गत कार्तिक १४ गते, शुक्रबारदेखि मंसिर ४ गते, बिहीबारसम्म चुक्ता पुँजी १ अर्ब  १९ करोड ७ लाख बराबरको प्रति सेयर १ : ०४७६ को अनुपातमा ५६ करोड ७० लाख रुपैयाँ बराबरको प्रति सेयर एक सय अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्कासन गरेकाे थियाे ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

No description available.

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको