युनियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद नाफा ७.५६ प्रतिशतले घटेर  ८ करोड २५ लाख रुपैयाँ सीमित भएको छ ।  गत वर्षको सोहि अवधिमा कम्पनीले  ८ करोड ९२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । 
खुद नाफा घटेको बीमा शुल्क आम्दानी भने बढेको छ । चैत मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क आम्दानी ५९.३९ प्रतिशतले बढेर ५ अर्ब ५ करोड रुपैयाँ पुगेको छ  । गत वर्ष कम्पनीले ३ अर्ब १७ करोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । 
कम्पनीले जीवन बिमा कोष पनि ३ अर्ब ६८ करोड रुपैयाँबाट बढाएर ६ अर्ब ९० करोड रुपैयाँ पुर्याएको छ ।  हाल चुक्ता पुँजी १ अर्ब ५० करोड ५० लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ७३ करोड ७ लाख रुपैयाँ रहेको छ । 
                                                                                                                     
                            
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस