Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताको डिम्याट खातामा किन आयो युनियन लाइफको २० कित्ता सेयर ? फेरि किन हरायो ?

अर्थ संसार

आइतबार, १७ साउन २०७८, ११ : २८ मा प्रकाशित

लगानीकर्ताको डिम्याट खातामा किन आयो युनियन लाइफको २० कित्ता सेयर ? फेरि किन हरायो ?

शनिबार साँझ युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ पर्ने लगानीकर्ताहरूको हितग्राही खातामा २० कित्ता सेयर देखियो । सबै लगानीकर्ता छक्क परे । तर आज बिहान उठ्दा फेरि सेयर १० कित्ता नै देखियो । 

सफ्टवेयरमा अपलोड हुँदा २ चोटी भएर २० कित्ता देखिएको हुनाले त्यस्तो भएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले बताएका छन् । फेरि सिस्टम ठिक बनाउँदा मिलेको उनले जानकारी दिए । प्राविधिक समस्याले गर्दा यस्तो भएको र तत्कालै समाधान गरिएर यथावत जे हो त्यही बनाइएको उनले बताए ।

युनियन लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे साधारण सेयर (आईपीओ) शेयरधनीहरुको हितग्राही खातामा हिजाे जम्मा भएको छ । कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि ULI सिम्बाेल पाएकाे छ ।

हाल कम्पनीकाे उक्त आईपीओ नेप्सेमा सूचीकरण प्रक्रियामा रहेको छ । यसै साता सूचीकरण सम्पन्न गरी काराेबार सूरू गर्ने तयारी गरिएकाे छ । नेप्सेमा सूचिकृत भएपछि लगानीकर्ताले उक्त सेयर कारोबार गर्न सक्नेछन्  । 

कम्पनीले असार २४ गते, बिहीबारबाट असार २८ गते, साेमबारसम्म साधारण सेयर (आईपीओ) निष्कासन गरेकाे थियाे । उक्त साधारण सेयर (आईपीओ) काे बाँडफाँड असार ३१, बिहीबार भइसकेकाे छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कम्पनीका कर्मचारीहरुलाई सुरक्षित गरिएको थियाे । ५ प्रतिशतले नै हुन आउने ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइ बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएकाे थियाे ।

मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । ग्राेलाप्रथाबाट वितरण गर्दा ५ लाख ८० हजार ५ सय जनाले १० कित्ता सेयर हात पारेका थिए । बाँकी १५ लाख ३२ हजार २ सय ९९ आवेदकको भने हात खाली भएकाे थियाे ।

नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रतिसेयर न्युनतम ११५ रुपैयाँ १३ पैसादेखि र अधिकतम ३४५ रुपैयाँ ३९ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गर्ने सम्भावना रहेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ ।

युनियन लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे आर्थिक वर्ष २०७५/७६ को  प्रतिसेयर नेटवर्थ ११५ रुपैयाँ १३ पैसा रहेको छ । साेही नेटवर्थकाे ३ गुणा ३४५ रुपैयाँ ३९ पैसा हुन्छ । कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ को अपरिष्कृत वित्तीय विवरण भएको हुनाले आर्थिक वर्ष २०७५/७६ को नेटवर्थबाट ओपनिङ रेञ्ज ताेकिनेछ ।

युनियनल लाइफ इन्स्योरेन्स, कम्पनी ऐन २०६३ अन्तर्गत स्थापना भई बीमा ऐन २०४९, बीमा नियमावली २०४९ बमाेजिम जीवन बीमा व्यवसायको कारोबार गर्ने कम्पनी हो । कम्पनीले आर्थिक वर्ष २०७९/८० सम्ममा प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ र प्रतिसेयर आम्दानी ८ रुपैयाँ ७६ पैसा पुग्ने प्रक्षेपण गरेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको