युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) मा दाेश्राे दिनमा पनि लगानीकर्ताहरूकाे उस्तै ओइराे लागेकाे छ । कम्पनीकाे आईपीओमा हिजाे पहिलाे दिन नै माग गरिएको धेरै आवेदन परेकाे थियाे ।
निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार दाेश्राे दिन शुक्रबार ३:३० बजेसम्ममा ११ लाख २८ हजार ३ सय ८४ जना आवेदकबाट १ करोड ८९ लाख ७९ हजार ९ सय ३० कित्ताको लागि आवेदन परेको हो । याे सर्वसाधारणका लागि माग गरिएकाे भन्दा २.९४ गुणा बढी आवेदन हो ।
कम्पनीले असार २४ गते, बिहीबारबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कम्पनीका कर्मचारीहरुलाई सुरक्षित गरिएको छ । ५ प्रतिशतले नै हुन आउने ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइ बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएकाे हाे ।
उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २५० कित्ता सम्मका लागि छिटोमा असार २८ गतेदेखि ढिलाेमा साउन ७ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको साधारण शेयरको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेकाे छ ।लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्वा सेवामा सहभागी बैंक तथ वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट र सीडीएससीको मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्वा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा आइआर बीबीबी’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनीको समयमा वित्तीय दायित्व पूरा गर्ने क्षमता औसतमा मध्यम जोखिम रहेको संकेत गर्दछ । यो रेटिङले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस