Like us!
Follow us!
Connect us!
Watch us!

हाइड्रोपावरको सेयरमा किन ओइरिए लगानीकर्ता ? यस्तो छ बिश्लेषण

अर्थ संसार

बुधबार, २२ बैशाख २०७८, १६ : ५० मा प्रकाशित

हाइड्रोपावरको सेयरमा किन ओइरिए लगानीकर्ता ? यस्तो छ बिश्लेषण

आज बुधबारको सेयर कारोबारमा हाइड्रोपावर उपसमूहमा लगानीकर्ताहरुको आकर्षण देखिएको छ । आज नेप्से परिसुचक ५.०९ अंकले घट्दापनि हाइड्रोपावर उपसमूहको परिसुचक भने ४५.२७ अंकले बढेको छ । 

आजको कारोबारमा हाइड्रोपावर उपसमूहका कम्पनीको सेयरको माग पनि उच्च देखिन्थ्यो । आज सर्वाधिक सेयर मूल्य बढ्ने शिर्ष १० कम्पनीहरु मध्यमा महिला लघुबित्त वित्तिय संस्था, बिशाल बजार कम्पनी र समता लघुबित्त बाहेकका ७ वटा कम्पनी हाइड्रोपावर उपसमूहका रहेकाछन् । 

त्यस्तै आज सर्वाधिक सेयर मूल्य घट्ने १० कम्पनीहरुको सुचिमा हाइड्रोपावर उपसमूहको एक मात्र कम्पनी परेको छ । आज यो उपसमूहको युनाईटेड मोदि हाइड्रोपावर कम्पनीको सेयरमूल्य २.८२ प्रतिशतले घटेको छ । 

सेयर बिश्लेषक डा. केशब श्रेष्ठका अनुसार अहिले हाइड्रोपावर उपसमूह यसरी उचालिनुपर्ने कुनै आधार र कारण देखिदैनन् । यो नितान्त सेयरमा चलखेल गर्ने समूहको खेलमात्र हो । अहिले कतिपय हाइड्रोपावर कम्पनीहरुले कम्पनीको वित्तिय विवरणहरुमा समेत हेरफेर गरिरहेको भन्दै उनले यसबाट नयाँ लगानीकर्ताहरु सजग हुनुपर्ने बताए । 

अहिलेको बजार Technical Bull, अबको बजार के दिगो होला? Share Analyst Dr. Keshav Shrestha

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको