Like us!
Follow us!
Connect us!
Watch us!

यसकारण अहिलेको बजार बिषादी रहित अर्गानिक बजार: अनि डर किन बाबा ?

अर्थ संसार

मंगलबार, ३० कार्तिक २०७८, ०८ : १६ मा प्रकाशित

यसकारण अहिलेको बजार बिषादी रहित अर्गानिक बजार: अनि डर किन बाबा ?

सामाजिक सञ्जालमा शिव चन्द्र (डोन) को नामले परिचित लगानीकर्ताले विभिन्न कारण र आधारहरु उल्लेख गर्दै अहिलेको बजार बिषादी रहित अर्गानिक बजार रहेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै उनले केहि समय अगाडी २२ अर्ब माथी कारोबार हुने गरेको सेयर बजारमा पछिल्लो समय दैनिक ५ अर्बको हाराहारीमा कारोबारमा सिमित हुन पुगेको छ । जसमा बिभिन्न तत्वहरुले भूमिका खेलेको उल्लेख गरेकाछन् । 

शिव चन्द्रले सामाजिक सञ्जाल मार्फत व्यक्त गरेको विचार जस्ताको तेस्तैः 

यसकारण अहिलेको बजार बिषादी रहित अर्गानिक बजार: अनि डर किन बाबा?

केहि समय अगाडी २२ अर्ब माथी कारोबार हुने गरेको सेयर बजारमा पछिल्लो समय दैनिक ५ अर्बको हाराहारीमा कारोबारमा सिमित हुन पुगेको छ। जसमा बिभिन्न तत्वहरुले भूमिका खेलेको छ।

• नेप्से परिसुचक ३२०० पुग्दा दैनिक २२ अर्बसम्म हुन पुगेको कारोबारमा लगानिकर्ताको मनोबल गिराउँदै लगाम लगाउने कार्य धितोपत्र बोर्डको ५१ कम्पनीको सुची देखी राष्ट्र बैंक को ४/१२ लगायतको निती समेत बाहना हुन गयो फलत ३२०० बाट बजार फर्किएर २५०० सम्म आईपुग्यो।

• यस अवधीमा ठुलो रकम ऋण लिएर कारोबार गर्नेहरुले आफुलाई सुरक्षित अवतरण गराउन तर्फ लागे।

• कोरोनाको कारण ठप्प रहेको ब्यापार ब्यवसायबाट सेयर बजार छिरेको रकम पुन पुरानै ठाउँमा फर्कने क्रम बढ्यो।

• सेयर बजारमा रुमाल बिछ्याएर लंगुरबुर्जा खेलाउनेहरु रुमाल पोको पारेर आफ्नो बाटो लागे।

• आजको भोलीनै कमाउनु पर्छ भन्ने मानसिकता बोकेका शर्टटर्म ट्रेडरहरु पनि स्टप लस र प्रफिट बुक गर्दै पाखा लागे।

अहिलेको परिस्थितीलाई चर्चा गरौं;

• दैनिक कारोबार ५ अर्बको हाराहारीमा सिमित छ, जसलाई सामान्य रुपमा लिन सकिन्छ। सेयर बजारमा जती धेरै कारोबार भयो त्यती नै उत्साह, उमंग र माहौल बन्ने कुरालाई नकार्न सकिन्न तर हाम्रो ब्रोकरको संरचना र कारोबार प्रणालीको लागी अहिलेको कारोबार पर्याप्त नै हो।कारोबार घटेर भारी कम भए सँगै अहिले ब्रोकर मित्रहरुले पनि आफुलाई जिम्मेवार महसुष गरेको अनुभव गर्न सकिन्छ।

• अहिले बजारमा लगानिकर्ता (Investors) हरुको बाहुल्यता बढ्दै गएको अनुभव गर्न सकिन्छ।

• क्रीम कम्पनीहरुको सन्दर्भमा ३ महिना अगाडीको खडेरीको बजार मुल्य भन्दा अहिले २५% डिस्काउण्टमा सेयर पाईएको छ जसमा औसत १५/२०% त लाभांश नै पाकेको अवस्था छ त्यसैले "डर किन बाबा?" कमाउने बेलानै यही हो।

अन्त्यमा,

पर्ख र हेरको रणनितीमा रहेका ठुला लगानिकर्ताहरु, सेयर बजारबाट त्रसित भएर बाहिरिएकाहरु, लंगुर्बुर्जा खेलाउने रुमाल पोको पारेर कुलेलाम ठोक्नेहरु लगायत सबै मौद्रीक नितीको पहिलो त्रैमासिकको समिक्षाको पर्खाइमा छन् र अझै पनि भन्दैछन्, "कन्फर्मेशन आईसकेको छैन !" अस्ती मात्र राष्ट्र बैंकबाट ब्याजदर लाई लिएर स्पष्ट सर्कुलर आईसक्यो। तरलता ब्यवस्थापन राष्ट्र बैंककै जिम्मेवारी हो, जसमा राष्ट्र बैंक चुक्नु भनेको पुरै संयन्त्र नै "Out of order" हुनु हो। हामी आफ्नो सानो रकम सेयर बजारमा लगाउनेहरुले यो भन्दा बढी कन्फर्मेशन चाहिं के खोज्नु?

शुभ प्रभात 

थैन्कु

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको