बुधबार कोरोना नेपालमा कोरोना संक्रमित र मृतक दुवैको संख्याले नयाँ रेकर्ड राखेको छ । पछिल्लो २४ घण्टामा देशभर ८ हजार भन्दा बढी संक्रमित थपिएका छन् । बुधबार ८ हजार ६ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।    
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८ हजार ६ सय ५९ जनामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौं उपत्यकामा मात्रै ३ हजार ८ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ । 
यस्तै पछिल्लो २४ घण्टामा ५८ संक्रमितको मृत्यू भएको छ । एकैपटक मृत्यु हुनेको संख्या यो नै हालसम्मकै धेरै हो ।
यस्तै, १  हजार ९ सय ९३ जना संक्रमण मुक्त भएका छन् ।  हाल सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ र क्वारेन्टाइनमा ३८१ जना रहेका छन् ।  
मंगलबार ७ हजार ६ सय ६० जना संक्रमित थपिएका थिए भने ५५ जनाको मृत्यु भएको थियो । 
 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस