नेपाल राष्ट्र बैंकले एनआईसी एशिया बैंक लिमिटेडसँग स्पष्टिकरण माग गरेकाे छ । विभिन्न सञ्चार माध्यमहरूमा एनआईसी एशिया बैंक लिमिटेडले चर्काे व्याज लिएकाे समाचार प्रकाशन भएसँगै राष्ट्र बैंकले साेही विषयमा बैंकसँग स्पष्टिकरण मागेकाे हाे ।
राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले एनआईसी एशिया बैंक लिमिटेडकाे नाममा ‘बाहिर आएका विषय वस्तुमा के कसो भएको हो सो बारे तत्कालै जानकारी गराउनू’ भन्दै पत्राचार गरेको राष्ट्र बैंकका प्रवक्ता देव कुमार ढकालले जानकारी दिएका छन् ।
बैंकको चैत मसान्तसम्म व्याजको आधार दर ६.७७ प्रतिशत रहेको छ । तर बैंकले घर कर्जामा करिव १६ प्रतिशत व्याजदर र सवारी साधन खरिदका लागि लिइने कर्जामा पनि करिव १५ प्रतिशत व्याज लिएकाे पाइएकाे छ ।
एनआईसी एशिया बैंक लिमिटेडकाे विरूद्धमा समस्या सुनिएकाे याे नै पहिलाे पटक हाेइन । समय समयमा ग्राहकहरूले विभिन्न माध्यमबाट बैंककाे समस्या सुनाइरहेका हुन्छन् । एनआईसी एशिया बैंक लिमिटेडसँग अधिकांश ग्राहकहरूकाे भिन्ना-भिन्नै गुनासाे छ ।
याे पनि :
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस