Like us!
Follow us!
Connect us!
Watch us!

विपद्‍मा एनआइसी एसिया बैंकको लुटतन्त्रः राष्ट्र बैंकको धज्जी उडाउँदै चर्को ब्याज असुली

अर्थ संसार

मंगलबार, २१ बैशाख २०७८, १६ : ३५ मा प्रकाशित

विपद्‍मा एनआइसी एसिया बैंकको लुटतन्त्रः राष्ट्र बैंकको धज्जी उडाउँदै चर्को ब्याज असुली

कोरोना महामारीका कारण अहिले व्यसायीहरु मर्कामा परिरहेको बेला आफ्ना ग्राहकलाई राहत र छुट दिनुको साटो एनआईसी एसिया बैंकले भने आफ्ना ग्राहकहरुबाट चर्को ब्याज असुल गरेको पाइएको छ ।

बैंकले घर कर्जामा करिब १६ प्रतिशत ब्याजदर र सवारी साधन खरिदका लागि लिइने कर्जामा पनि करिब १५ प्रशितत ब्याज लिने गरेको पाइएको छ । 

नेपाल राष्ट्र बैंकको निर्देशनको समेत धज्जी उडाउँदै बैंकले आफ्नो पुराना ऋणीलाई २०७८ सालदेखि ब्याजदर बढेको भन्दै पत्र काटेको पाईएको छ । बैंकले बिगतमा पनि पहिले ऋण लगानी गर्दा एउटा ब्याज दरमा सम्झौता गर्ने र केही समयपछि ब्याजदर बढाउने गरेको गुनासो बैंकका ऋणीहरुको सुन्ने गरिन्थ्यो ।

बैंकको चैत मसान्तसम्म ब्याजको आधार दर ६.७७ प्रतिशत रहेको छ । आधार दरमा करिब ९ प्रतिशत प्रिमियम जोडेर बैंकले ब्याजदर बढेको भन्दै ग्राहकलाई पत्राचार गरेको हो । कोरोना कालमा कतिपय बैंक तथा बित्तीय संस्थाहरुले आधार दर वा आधार दरमा केही प्रतिशतमात्र प्रिमियम जोडेर ऋण लगानी गर्ने गरेका छन् । 

अघिल्लो बर्षको तुलनामा बैंकको आधार दर अहिले घटेको छ अघिल्लो वर्षको चैत मसान्तमा बैंकको आधार दर ९।६१ थियो ।  आधार दर घट्दा ब्याज दर पनि घट्नु पर्नेमा अझ अस्वभाविक रुपले बढाएर ऋणीसँग ब्याज असुल उपर गर्ने गरेको पाइएको छ ।

राष्ट्र बैंकले सहकारीहरुलाई समेत ऋण लगानीमा १५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने नियम लागू गरेको अवस्थामा क बर्गको वाणिज्य बैंकले केन्द्रीय बैंकको निर्देशन लत्याउँदै १५ प्रतिशतभन्दा बढि ब्याज असुल गर्नु लुटतन्त्र भएको आरोप ऋणीहरुको छ । 

यस बिषयमा बुझ्न एनआईसी एसिया बैंकका सूचना अधिकारी अर्जुन खानियालाई पटक पटक सम्पर्क गर्दासमेत उनको फोन उठेन । 

पछिल्लो समय एनआईसी एसिया बैंक ऋण असुलीमा समेत आक्रमक ढंगले लागेको देखिन्छ । बैक ऋण असुली र चर्को ब्याज दरका कारणले मात्र चर्चामा आउने नभएर बैंकले प्रवाह गर्ने बिभिन्न सेवाहरुमा समेत सेवाग्राहीहरुको चरम असन्तुस्टी सामाजिक सञ्जालहरुमा देख्न सकिन्छ ।

एनआइसी एसिया बैंकको रबैयाले आजित भएका ग्राहकहरुको गुनासो बेला बेलामा नेपाल राष्ट्र बैंकमा पुग्ने गरेको भए तापनि सुनावाई नभएको गुनासो सेवाग्राहीको छ ।

एनआईसी एसिया बैंकको सेवा र गतिबिधीले समग्र बैंकिङ क्षेत्रकै बदनाम भएको भन्दै केही समयअघि नेपाल बैंकर्स संघले समेत राष्ट्र बैंकको ध्यान आकर्षण गराएको थियो ।

609128e2276d3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको