Like us!
Follow us!
Connect us!
Watch us!

भर्खरै आईपीओ ल्याएको प्रभु लाइफको नाफा १४८.३३ प्रतिशतले बढ्यो, ईपिएस कति ?

अर्थ संसार

विहीबार, २३ बैशाख २०७८, ०९ : १५ मा प्रकाशित

भर्खरै आईपीओ ल्याएको प्रभु लाइफको नाफा १४८.३३ प्रतिशतले बढ्यो, ईपिएस कति ?

प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार कम्पनीले तेस्रो त्रैमाससम्म आइपुग्दा १३ करोड ७८ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा १४८.३३ प्रतिशतले धेरै हाे । गत वर्षको यही अवधीमा कम्पनीले ५ करोड ५५ लाख ४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे ।

यसैगरी, तेस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ८ करोड ८४ लाख ६० हजार रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेकाे छ । उक्त रकम गत आर्थिक वर्षकाे तुलनामा ११५.६० प्रतिशतले धेरै हाे । गत वर्षकाे यही अवधीमा कम्पनीले ५० करोड ४८ लाख ४४ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेकाे थियाे ।

कम्पनीकाे बिमा कोषको आकार पनि १८१.९९ प्रतिशतले  बढेर १ अर्ब ७६ करोड ५८ लाख २ हजार रुपैयाँ पुगेको छ ।  गत वर्षकाे यही अवधीमा कम्पनीकाे बिमा कोषमा ६२ करोड ६१ लाख ७२ हजार रुपैयाँ थियाे ।

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी २ अर्ब रुपैयाँ र जगेडा कोषमा ३६ करोड ६० लाख ६४ हजार रुपैयाँ रहेकाे छ । कम्पनीकाे प्रतिसेयर आम्दानी ९ रुपैयाँ १९ पैसा र प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ३० पैसा रहेको छ ।

कम्पनीले गत मंसिर २९ गते, साेमबारदेखि पाैष २ गते बिहीबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६० कराेड रूपैयाँ बराबरकाे ६० लाख कित्ता साधारण सेयर (आइपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियाे । 

कम्पनीले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

609367786ad8b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको