पछिल्लो २४ घण्टामा देशभर ९ हजार भन्दा बढी संक्रमित थपिएका छन् । बिहिबार ९ हजार ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ जनाको पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९ हजार ७० जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा ५४ संक्रमितको मृत्यू भएको छ । त्यसैगरी, २ हजार ७०७ जना संक्रमण मुक्त भएका छन् ।  हाल क्वारेन्टाइनमा ३१४ जना रहेका छन् ।  
बुधबार  ८ हजार ६ सय ५९ जना संक्रमित थपिएका थिए भने ५८ जनाको मृत्यु भएको थियो । 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस