Like us!
Follow us!
Connect us!
Watch us!

संचालक निर्वाचनमा मत खसाल्ने अवस्था आएपछि जनरल इन्स्योरेन्सको साधारण सभा अन्योलमा

अर्थ संसार

शुक्रबार, २४ बैशाख २०७८, १७ : ५५ मा प्रकाशित

संचालक निर्वाचनमा मत खसाल्ने अवस्था आएपछि जनरल इन्स्योरेन्सको साधारण सभा अन्योलमा

सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व हुने गरी एक महिलासहित दुई सञ्चालकको निर्वाचनमा  सर्वसम्मत नहुने र मतदानको अवस्था आएपछि जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको तेस्रो साधारण सभा अन्योलमा परेको छ। 
 
कम्पनीले निषेधाज्ञा कै बीचमा वैशाख २६ गते जुम मार्फत् भर्चुअल साधारण सभा सञ्चालन गर्न लागेकाे छ । साधारण सभामा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा रहेको थियो। उक्त संचालकहरुको लागि ३ जनाले मनोनयन दर्ता भएको छ । 

संचालकका उम्मेदवार कसैले पनि आफ्नो उम्मेदवारी फिर्ता नलिएकोको बुझिएको छ। कोराना महामारी र उपत्यका निषेधाज्ञाको अवस्थामा मतदान सम्भव देखिदैन। काठमाडौँ जिल्ला प्रशासन कार्यालयले सबै किसिमको सभा, सम्मेलन, गोष्ठी, सेमिनार तथा मानिसको भिडभाड हुने सबै किसिमको कार्यक्रम संन्चालनमा बन्देज गरेको छ। यस कारण कम्पनीका सेयरधनी उपस्थित भएर मतदान गर्ने अवस्था नरहेपछि    सभा संचालनमा अन्योल देखिएको छ। कम्पनीको हाल झन्डै २ लाख सेयरधनी रहेका छन। 

कम्पनीले सभामा सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू पारित गर्न लागेकाे थियाे ।

कम्पनीले कोभिड-१९ राहत कोषमा सहयोग गरेको रकम अनुमोदन गर्ने सभाकाे विशेष प्रस्ताव थियाे । 

कम्पनीले साधारण सभा प्रयाेजनका लागि वैशाख १० गतेदेखि बुकक्लाेज गरेकाे छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको