Like us!
Follow us!
Connect us!
Watch us!

संचालक निर्वाचनमा मतदानको अवस्थापछि जनरल इन्स्योरेन्स कम्पनीको साधारणसभा स्थगित

अर्थ संसार

शनिबार, २५ बैशाख २०७८, ११ : २४ मा प्रकाशित

संचालक निर्वाचनमा मतदानको अवस्थापछि जनरल इन्स्योरेन्स कम्पनीको साधारणसभा स्थगित

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले  तेस्रो वार्षिक साधारणसभा अर्को सूचना नभएसम्मलाई स्थगित गरेको छ।  

कम्पनीले संसारभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण काठमाण्डौ उपत्यकामा निषेधाज्ञ जारी भएको र नेपाल सरकारले सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, खेलकुद, पुस्तकालय आदि सञ्चालन गर्न नपाइने र १५ जनाभन्दा बढी भेला नहुन निर्देशन जारी गरेको व्यवस्थालाई मध्यनजर राख्दै साधारणसभा स्थगित गर्ने निर्णय गरेको बताएको छ। 

तर स्रोतका अनुसार कम्पनीले साधारण सभा स्थगित गर्नुको कारण सञ्चालकको निर्वाचन रहेको बुजिएको छ।  कम्पनीले निषेधाज्ञा कै बीचमा वैशाख २६ गते जुम मार्फत् भर्चुअल साधारण सभा सञ्चालन गर्न लागेकाे थियो । साधारण सभामा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा रहेको थियो। उक्त संचालकहरुको लागि ३ जनाले मनोनयन दर्ता भएको बुझिएको छ । 

संचालकका उम्मेदवार कसैले पनि आफ्नो उम्मेदवारी फिर्ता नलिएकोको र मतदानको अवस्था आएपछिको कानुनी जटिलता र सेयरधनीको चर्को दबाब पनि आउन सक्ने आकलन गरेपछि कम्पनीको संचालक समितिको निर्णयले सभा हाललाई  स्थगित गरेको बुझिन्छ ।

सूचनामा साधारणसभाबाट सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुको निर्वाचन कार्यक्रम रहेको हुँदा निर्वाचन समितिले प्रकाशित गरेको निर्वाचन कार्यक्रमबमोजिम उम्मेदवारी दर्ता भएसम्मको निर्वाचन प्रक्रियालाई यथावत राखी बाँकी रहेको निर्वाचन सम्वन्धित मतदान कार्यक्रम समेत स्थगित गरिएको कम्पनीले जनाएको छ। 

कम्पनीले सभामा सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू पारित गर्न लागेकाे थियाे ।

कम्पनीले कोभिड-१९ राहत कोषमा सहयोग गरेको रकम अनुमोदन गर्ने सभाकाे विशेष प्रस्ताव थियाे । 

कम्पनीले साधारण सभा प्रयाेजनका लागि वैशाख १० गतेदेखि बुकक्लाेज गरेकाे थियो ।

 

60962ff6c0b05.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको