Like us!
Follow us!
Connect us!
Watch us!

८ अर्ब १८ करोडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक

अर्थ संसार

सोमबार, २७ बैशाख २०७८, १२ : ०५ मा प्रकाशित

८ अर्ब १८ करोडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले ८ अर्ब १८ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । 

बैंकले ९१ दिनकाे अवधिकाे लागि १० कराेड रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल २०७८ साल श्रावण २६ गते परिपक्क हुनेछ । बैंकले १८२ दिनकाे अवधिकाे लागि ६ अर्ब रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल २०७८ साल कार्तिक २३ गते परिपक्क हुनेछ । त्यस्तै, बैंकले ३६४ दिनकाे अवधिकाे लागि २ अर्ब ८ कराेड रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल २०७९ साल वैशाख २७ गते परिपक्क हुनेछ । 

राष्ट्र बैंकका अनुसार याे ट्रेजरी बिल आज (वैशाख २७ गते, सोमबार) दिउँसो ३ बजे बोलकबाेल भएर भाेलि (वैशाख २८ गते, मंगलबार) बिक्री हुनेछ ।

ट्रेजरी बिलकाे बारेमा अन्य विवरण यस प्रकारकाे छ :

6098d361e4015.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको