Like us!
Follow us!
Connect us!
Watch us!

बिर्सिनुभयो कि ? अपि पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

मंगलबार, २८ बैशाख २०७८, ०६ : ४८ मा प्रकाशित

बिर्सिनुभयो कि ? अपि पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

अपि पावर कम्पनी लिमिटेडले निष्कासन गर्न लागेको हकप्रद सेयर सुरक्षित गर्ने आज (बैशाख २८ गते, मंगलबार) अन्तिम दिन रहेको छ ।

कम्पनीको हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि भोलि वैशाख २९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो ।  त्यसैले, आज वैशाख २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र उक्त हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले १ बराबर ०.२९३८ को अनुपातमा ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न सेबोनबाट वैशाख १९ गते, आइतबार अनुमति पाएको हो ।

कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ ।

यो दोस्रो चरणको हकप्रद हो । यसअघि पहिलो चरणमा कम्पनीले गत कार्तिक १४ गते, शुक्रबारदेखि मंसिर ४ गते, बिहीबारसम्म चुक्ता पुँजी १ अर्ब  १९ करोड ७ लाख बराबरको प्रति सेयर १ः०४७६ को अनुपातमा ५६ करोड ७० लाख रुपैयाँ बराबरको प्रति सेयर एक सय अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको