Like us!
Follow us!
Connect us!
Watch us!

बुटवल पावरको नाफासँगै अघिकांश सूचकमा गिरावट, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

मंगलबार, २८ बैशाख २०७८, ०८ : २५ मा प्रकाशित

बुटवल पावरको नाफासँगै अघिकांश सूचकमा गिरावट, प्रतिसेयर आम्दानी कति ?

बुटवल पावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ४५ करोड ८६ लाख ५३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ४८.८० प्रतिशतले कम हो । गत वर्षको सोहि अवधिसम्म कम्पनीले ८९ करोड ५९ लाख १ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

चैत मसान्तसम्म कम्पनीको सञ्चालन आम्दानी ४९.४२ प्रतिशतले घटेर ४८ करोड ३४ लाख ४ हजार रुपैयाँ सीमित भएको छ । गत वर्षको सोहि अवधिसम्म कम्पनीको आम्दानी यस्तो ९५ करोड ५७ लाख ४३ हजार रुपैयाँ रहेको थियो  ।

हाल चुक्ता पूँजी २ अर्ब ९५ करोड १३ लाख ६१ हजार रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३ अर्ब ९९ करोड ९१ लाख ८१ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ५४ पैसा र प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ ५० पैसा रहेको छ ।

6099f0c9bec81.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको