Like us!
Follow us!
Connect us!
Watch us!

अप्पर तामाकोशी हाइड्रोपावर साढे ३ करोड नोक्सानीमा, ईपिएस कति ?

अर्थ संसार

मंगलबार, २८ बैशाख २०७८, ०८ : १२ मा प्रकाशित

अप्पर तामाकोशी हाइड्रोपावर साढे ३ करोड नोक्सानीमा, ईपिएस कति ?

अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।  चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनी ३ करोड ५० लाख २८ हजार खुद घाटामा रहेको छ ।  गत वर्ष कम्पनी ४ करोड ४४ लाख ९६ हजार खुद नोक्सानीमा रहेको थियो ।

कम्पनीले विद्युत् बिक्री भने सुरु गरिसकेको छैन । कम्पनीले अन्य स्रोतबाट १ लाख ३० हजार आम्दानी गरेको छ ।  

हाल चुक्तापूँजी १० अर्ब ५९ करोड रहेको कम्पनीको जगेडा कोषमा   ८२ करोड ५६ लाख २२ हजार रुपैयाँ रहेको छ ।  कम्पनीको प्रतिसेयर  आम्दानी ०.३३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ९२ रुपैयाँ २० पैसा रहेको छ ।

कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तीय विवरण हेर्नुहोस्:

6099f6d8f1e70.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको