Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल लाईफ इन्स्योरेन्सको नाफामा २.२० प्रतिशतले बृद्धि,किन घट्यो प्रतिसेयर आम्दानी ?

अर्थ संसार

बुधबार, २९ बैशाख २०७८, ०६ : १८ मा प्रकाशित

नेशनल लाईफ इन्स्योरेन्सको नाफामा २.२० प्रतिशतले बृद्धि,किन घट्यो प्रतिसेयर आम्दानी ?

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । 

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ३२ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा २.२० प्रतिशतले धेरै हो । गत वर्षको सोहि अवधिमा कम्पनीले ३१ करोड ५६ लाख रुपैयाँ नाफा कमाएको  थियो ।

चैत मसान्तसम्म कम्पनीले ८ अर्ब ६९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यस्तो आम्दानी गत वर्षको सोहि अवधिको तुलनामा ५३.६८ प्रतिशतले धेरै हो । गत वर्ष कम्पनीले ५ अर्ब ६५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीको जिवन विमा कोषमा ४० अर्ब २१ करोड रुपैयाँ र महाबिपत्ति जगेडामा २९ करोड रुपैयाँ रहेको छ ।

यस्तै सो अवधिमा कम्पनीले २ अर्ब ८३ करोड रुपैयाँ बराबरको बिमा दावी भुक्तानी गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ३९ करोड रुपैयाँ रहेको छ भने कम्पनीको जगेडा कोषमा ८१ करोड १७ लाख रहेको छ  ।  कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानीमा गत बर्षको तुलनामा केहि गिरावट आएको छ  । गत बर्षको यसै अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ६५ पैसा रहेकोमा अहिले घटेर १२ रुपैयाँ ६८ पैसा पुगेको छ भने कम्पनीको प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ३९ पैसा रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको