Like us!
Follow us!
Connect us!
Watch us!

शिवम् सिमेन्टको नाफा २६.५२ प्रतिशतले बढ्दा प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

बुधबार, २९ बैशाख २०७८, ०७ : ४३ मा प्रकाशित

शिवम् सिमेन्टको नाफा २६.५२ प्रतिशतले बढ्दा प्रतिसेयर आम्दानी कति ?

शिवम् सिमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशन गरेको  ।  

कम्पनीले प्रकाशन गरेको विवरण अनुसार अघिल्लो बर्षको यहि अवधिको तुलनामा कम्पनीको मुनाफा २६.५२ प्रतिशतले बृद्धि भएको छ । गत बर्ष कम्पनीले ८६ करोड १५ लाख रुपैयाँ मुनाफा हाँसिल गरेको यो समिक्षा अवधि सम्ममा यस्तो मुनाफा बढेर १ अर्ब ९० लाख रुपैयाँ पुगेको हो। 

समीक्षा अवधिसम्म कम्पनीको उत्पादन बिक्री रकम पनि ३.८३ प्रतिशतले बढेको छ। गत वर्षको यही अवधिसम्ममा कम्पनीले कुल ७ अर्ब ८४ लाख रुपैयाँको उत्पादन बिक्रि गरेकोमा अहिले समिक्षा अवधिसम्ममा यो बढेर ७ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ ।

चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) गत बर्षको तुलनामा ६ रुपैया ९२ पैसाले बढेर ३३ रुपैयाँ ३ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ २१५.३८ रुपैयाँ पुगेको छ। त्यस्तै समिक्षा अवधिमा कम्पनीको आम्दानी मूल्य अनुपात (पिई रेसियो) ४३.८१ गुणा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको