Like us!
Follow us!
Connect us!
Watch us!

ग्राण्डी अस्पतालले भन्यो, 'पर्याप्त अक्सिजन प्राप्त नभएसम्म थप बिरामी भर्ना गर्न सक्दैनौं'

अर्थ संसार

बुधबार, २९ बैशाख २०७८, १३ : ५१ मा प्रकाशित

ग्राण्डी अस्पतालले भन्यो, 'पर्याप्त अक्सिजन प्राप्त नभएसम्म थप बिरामी भर्ना गर्न सक्दैनौं'

ग्राण्डी इन्टरनेशनल हस्पिटलले अक्सिजन कम भएको भन्दै थप बिरामी भर्ना गराउन उपचार गराउन नसक्ने घोषणा गरेको छ । 
सरकारले दैनिक १०० सिलिन्डर अक्सिजन दिने गरेको बताउँदै चाहे अनुसार थप बिरामी भर्ना गरेर उपचार गराउन नसक्ने बताएको हो ।

हस्पिटलले अक्सिजनको मात्र आवश्यकता अनुसार प्राप्त भएसँगै थप बिरामीको भर्ना गरिने जनाएको छ ।

पछिल्लो समय विश्वव्यापी महामारीको रुपमा फैलिएको दोस्रो भेरियन्टको कोरोना भाइरसको संक्रमितको संख्या देशभर ह्वात्तै बढेको छ । योसँगै विभिन्न अस्पतालमा अक्सिजनको अभाव हुन थालेको छ । नेपालमा दैनिक ९ हजारभन्दा बढी संक्रमित फेला परिरहेको छ  । संक्रमित बढेसँगै मृतकको संख्या पनि बढ्न थालेको छ । मंगलबार एकैदिन २२५ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
 

609b8d86bd058.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको