राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं सांसद मनिष झाले सञ्चार गृह तथा अन्य स्थानमा गाडी पार्किङ गरेर अवरोध सिर्जना गर्नु गलत भएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले यस घटनामा संलग्न जोसुकै भए पनि आवश्यक अनुसन्धान गरी कानुनी कारबाही गरिनुपर्ने माग गरेका छन्।
उनले लेखेका छन्,‘राज्यले नागरिकको चिन्ता निराकरण गर्ने हो। राज्यले आफैँ थप आतङ्कित बनाउने हैन ।'
सांसद झाले सरकारलाई लक्षित गर्दै प्रश्न गरेका छन् –‘यस्तो बचपना देखाएर राजकाज चल्छ ? के यस्तै स्तरहीन र गलत प्रयोग गर्न जेनजी सहादत भएको हो ? यस किसिमको काम प्रति घोर आपत्ति छ।’
काठमाण्डुका कान्तिपुर पब्लिकेसन, अनलाइन खबर, हिमालय टेलिभिजनलगायतका मिडिया हाउस र नेपाली कांग्रेसका सभापति गगन थापाका निवास अगाडि अज्ञात व्यक्तिले शंकास्पद रूपमा गाडी बेवारिसे छाडेका थिए। सञ्चारमाध्यमलाई मनोवैज्ञानिक दबाब दिने वा आतंकित पार्ने उद्देश्यले यसो गरिएको भन्दै विरोध पनि भएको छ ।
प्रहरीले क्रेनको सहायताले ती गाडी हटाएर अनुसन्धान अघि बढाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस