Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार कसैको नियन्त्रणमा हुँदैन : चन्द्र नारायण श्रेष्ठ, लगानीकर्ता

लगानीकर्ताको आवाज

विहीबार, ३० बैशाख २०७८, १३ : ३१ मा प्रकाशित

सेयर बजार कसैको नियन्त्रणमा हुँदैन : चन्द्र नारायण श्रेष्ठ, लगानीकर्ता

लगानीकर्ता चन्द्र नारायण श्रेष्ठले सेयर बजार कसैकाे नियन्त्रणमा नहुने बताएका छन् ।

अर्थसंसार डटकमको कार्यक्रम लगानीकर्ताको आवाजसँगको कुराकानीमा श्रेष्ठले आफूहरूले स्वतन्त्र रूपमा किन्न र बेच्न सकिने भएकाले बजार कसैले चाहेर पनि नियन्त्रण नहुने बताएका हुन् । 

उनले सामाजिक सञ्जालमा विभिन्न व्यक्तिहरूले नकारात्मक हल्ला फिँजाए पनि आफू भने सँधै सकारात्मक भएकाे बताएका छन् । बजारलाई असर पर्ने कुराहरू कसैले पनि गर्न नहुने श्रेष्ठकाे तर्क छ ।

प्रविधिकाे कारणले गर्दा अहिलेकाे महामारीकाे अवस्थामा पनि घरमै बसी-बसी सेयर काराेबार गर्न सकिने भएकाे खुसी पनि उनी व्यक्त गर्दछन् ।

कुराकानी कै क्रममा उनले विशाल बजार कम्पनीकाे उदाहरण लिँदै लामाे समयदेखि कम्पनीले आफ्ना लगानीकर्ताहरूलाई केही नदिएकाे भएतापनि कुनैदिन आकर्षक प्रतिफल दिने बताएका छन् ।

उनले हाइड्राेपावर कम्पनीहरूले एनएफआरएस प्रणालीमा वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने बताएका छन् ।

बजार घट्नु र बढ्नु भनेकाे बजारकाे शाेभा रहेकाे उनी बताउँछन् । सेयर बजार निरन्तर चलिरहने एउटा प्रकृया रहेकाे श्रेष्ठकाे तर्क छ ।

श्रेष्ठसँग गरिएकाे लगानीकर्ताकाे आवाज तल प्रस्तुत गरिएकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको