Like us!
Follow us!
Connect us!
Watch us!

सिईडिबि हाइड्रोपावरको आईपिओ बाँडफाँड आज,सेयर पाउने भाग्यमानी कति ?

अर्थ संसार

शुक्रबार, ३१ बैशाख २०७८, ०७ : २० मा प्रकाशित

सिईडिबि हाइड्रोपावरको आईपिओ बाँडफाँड आज,सेयर पाउने भाग्यमानी कति ?

सिईडिबि हाइड्रोपावरले निश्कासन गरेको आईपीओ  बाँडफाँडको आज (शुक्रबार) गरिने तय भएको छ ।

बिक्री प्रबन्धक सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत  (सिइओ) बिजय लाल श्रेष्ठका अनुसार आज (शुक्रबार) विहान ११ बजे क्यापिटलको केन्दिय  कार्यालयमा हुने छ । सेयर बाँडफाँड भएको भर्चुअल माध्यमबाट देखाइने छ ।

बैंशाख १७ गतेदेखि बैंशाख २१ गतेसम्म निश्कासन गरेको आईपीओ १६ लाख ८५ हजार ६२५ जनाले आवेदन दिएका छन् । आवेदन दिएका खरिदकर्ताहरूले २ करोड ४६ लाख ४५ हजार ७३५ कित्ता शेयरका लागि आवेदन दिएको कम्पनीको शेयर जारी तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलले जानकारी दिएको छ । यो सर्वसाधारणलाई जारी भन्दा १०.५२ गुणा बढी आवेदन परेको हो ।

कम्पनीले २५ लाख १८ हजार २३० कित्ता साधारण शेयर जारी गरेको हो । जसमा २ प्रतिशत अर्थात ५० हजार ३६५ कित्ता शेयर कर्मचारीहरूका लागि, ५ प्रतिशत अर्थात १ लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोष र बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको छ ।

आईपीओमा मागभन्दा धेरै आवेदन परेकोले न्यूनतम १० कित्ताका दरले गोलाप्रथा विधीबाट बाँडफाँड गरिनेछ । जसअनुसार २ लाख ३४ हजार १९५ जनाले मात्रै न्यूनतम १० कित्ताका दरले आईपीओ पाउने सम्भावना छ । बाँकी १४ लाख भन्दा बढि आवेदकको हात खाली हुने देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको