Like us!
Follow us!
Connect us!
Watch us!

बोनस सेयर वापतको कर सेयरधनीहरुले नभई कम्पनीले तिर्छ : सिइडिबी हाइड्रोपावर

अर्थ संसार

आइतबार, ३० भदौ २०८१, १७ : ०२ मा प्रकाशित

बोनस सेयर वापतको कर सेयरधनीहरुले नभई कम्पनीले तिर्छ : सिइडिबी हाइड्रोपावर

सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले एक विज्ञप्ति जारी गर्दै बोनस सेयर वापतको कर सेयरधनीहरुले नभई कम्पनीले तिर्ने जानकारी गराएको छ। 

कम्पनीले जारी गरेको विज्ञप्ति अनुसार आयकर ऐन २०५८ को दफा ५४ (३) बमोजिम कर कट्टी पछि प्राप्त लाभांश आम्दानीबाट लाभांश वितरण गर्दा पुनः कर तिर्नु नपर्ने प्रावधान रहेको र सोही प्रावधान अनुरुप अघिल्लो साधारण सभामा बोनस सेयर वापत करको लागि छुटाइएको रकम मिति आश्विन २१, २०८१ को साधारण सभामा स्वीकृत हुने बोनस सेयरको लागि पनि प्रयाप्त रहेको बताएको छ । सोही रकमबाट कम्पनीले हाल प्रस्तावित बोनस सेयर वापतको कर तिर्ने स्पष्ट पारेको छ । 

कम्पनीले डाकेको साधारण सभामा स्विकृतिका लागि प्रस्तावित बोनस सेयर वापत तिर्नु पर्ने कर कसले तिर्नु पर्ने भन्ने अन्यौल उत्पन्न भएको जानकारी सेयरधनीहरुबाट प्राप्त भएपछि कम्पनीले विज्ञप्ति जारी गरेको हो। 

कम्पनीले आफ्नो साधारणसभा असोज २१ तय गरेको छ। साधारणसभामा कम्पनीले अघिल्ला दुई आर्थिक वर्षका लागि चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर (करसहित) वितरण गर्ने प्रस्ताव साधारणसभाबाट पारित गर्ने एजेण्डा छ। त्यस्तै,  बोनस सेयर जारी पश्चात् कायम हुने चुक्ता पूँजीको ५४.५ प्रतिशत (१ः०.५४५ अनुपात) हकप्रद सेयर जारी गर्ने र त्यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ।

यसका लागि असोज ७ गते एक दिन बुक क्लोज हुनेछ। असोज ६ गतेसम्म कायम सेयरधनी साधारणसभामा भाग लिन पाउनेछन्। 

66e6c2f93b424.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको