Like us!
Follow us!
Connect us!
Watch us!

सिडिबि हाइड्रोपावरले डाक्यो विशेष साधारणसभा, के के छन् एजेण्डा?

अर्थ संसार

सोमबार, ०५ कार्तिक २०८१, ०७ : ४३ मा प्रकाशित

सिडिबि हाइड्रोपावरले डाक्यो विशेष साधारणसभा, के के छन् एजेण्डा?

सिडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले विशेष साधारणसभा आवहान गरेको छ । कम्पनीको कात्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले कात्तिक २० गतेलाई कालिमाटीस्थित कालिमाटी ब्याङ्क्वेटमा बिहानको ८ बजे सभा बोलाएको हो। 

कम्पनीको साधारणसभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र नियामक निकायको निर्देशन अनुसार प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन तथा थपघट गर्न आवश्यक भएमा सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ ।

यस बाहेक सभाले कम्पनीको ५ जना संचालकहरूको नियुक्ति गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

विशेष सभा प्रयोजनार्थ कम्पनीले कात्तिक १२ गते बुक क्लोज तय गरेको छ । अर्थात कात्तिक ११ गतेसम्म कायम से सेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको