Like us!
Follow us!
Connect us!
Watch us!

कालिका पावरको नाफासँगै विद्युत् बिक्री आम्दानी पनि बढ्यो, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

शुक्रबार, ३१ बैशाख २०७८, १० : २० मा प्रकाशित

कालिका पावरको नाफासँगै विद्युत् बिक्री आम्दानी पनि बढ्यो, प्रतिसेयर आम्दानी कति ?

कालिका पावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको नाफा ३४.२७ प्रतिशतले ६ करोड २१ लाख ५ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा वर्ष कम्पनीले ४ करोड ६२ लाख ५३ हजार रुपैयाँमात्रै खुद नाफा कमाएको थियो । 

चैत मसान्तसम्म कम्पनीले विद्युत् बिक्रीबाट १४ करोड ५६ लाख ३० हजार रुपैयाँ आम्दानी गरेको छ यस्तो आम्दानी गते वर्षको तुलनामा ४.६७ प्रतिशतले धेरै हो । गत वर्ष कम्पनीले विद्युत् बिक्रीबाट १३ करोड ९१ लाख २५ हजार रुपैयाँ आम्दानी गरेको थियो । 

गत वर्ष २ लाख ७६ हजार रुपैयाँ रहेको अन्य स्रोतबाट हुने आम्दानी यो वर्ष १ लाख ६८ हजार रुपैयाँमा सीमित भएको छ ।  

हाल चुक्ता पुँजी ६० करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १२ करोड ४८ लाख ८५ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक १३ रुपैयाँ ८० पैसा र प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ८१ पैसा छ । 

609e0028e6aaa.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको