कालिका पावर कम्पनी लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ६ गते बसेको सञ्चालक समिती बैठकले लाभांश प्रस्ताव सहित साधारणसभा आह्वानको निर्णय गरेको हो ।
कम्पनीको पुस ६ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७८ प्रतिशत नगद लाभांश गरी कुल १५.७८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीले लाभांश परित सहित अन्य ऐजेन्डाहरु पारित गर्नका लागि पुस २९ गतेका लागि साधारणसभा आह्वान गरेको छ । कम्पनीको साभारणसभा कम्पनीको रजिष्टर्ड कार्यलय भरतपुर चितवनमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
आयोजनाले साधारणसभा तथा लाभांश प्रयोजनार्थ पुस १७ गते १ दिनका लागि बुकक्लोज गर्ने निर्णय गरको छ तसर्थ पुस १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र लाभांश र सभामा सहभागि हुन पाउनेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस