Like us!
Follow us!
Connect us!
Watch us!

सिईडिबिको आईपीओ अहिले नै हेर्न नपाइने

अर्थ संसार

शुक्रबार, ३१ बैशाख २०७८, १२ : ०७ मा प्रकाशित

सिईडिबि हाइड्रोपावरको आईपीओको रिजल्ट हेर्न केही घण्टा कुर्नु पर्ने भएको छ ।  बिक्री प्रबन्धक सनराइज क्यापिटलको अनुसार दिउँसो ३ देखि ४ बजेपछि मात्र मेरो सेयर, सनराइज क्यापिटल र सिईडिबि हाइड्रोपावरको वेबसाइट बाटहेर्न सकिने जनाएको छ ।  मेरो सेयरमा आईपीओको रिजल्ट अपलोट गर्न समय लाग्ने भएकोले लगानीकर्ताले कुर्नु पर्ने भएको हो ।  आईपिओको नतिजा www.iporesult.c cdse.com.np मा गएर वा बिक्रि प्रबन्धक सनराईज क्यापिटल र सिईडिबि हाइड्रोपावरको वेबसाइट बाट पनि हेर्न सकिने छ । 

बैंशाख १७ गतेदेखि बैंशाख २१ गतेसम्म निश्कासन गरेको आईपीओ १६ लाख ८५ हजार ६२५ जनाले आवेदन दिएका थिए जसमध्यमा ४ हजार ४४२ जनाको ६१ हजार ३७२ कित्ता आवेदन रद्ध भएको क्यापिटलले जनाएको छ । आवेदन दिएका खरिदकर्ताहरूले २ करोड ४६ लाख ४५ हजार ७३५ कित्ता शेयरका लागि आवेदन दिएका थिए । यो सर्वसाधारणलाई जारी भन्दा १०.५२ गुणा बढी आवेदन परेको हो ।

सिईडिबि हाइड्रोपावरको आईपीओ  बाँडफाँड सम्पन्न, कसरी हेर्ने नतिजा ?

सिईडिबिको आईपीओ बाँडफाँड : लक्की नम्बर ३ र ८

कम्पनीले २५ लाख १८ हजार २३० कित्ता साधारण शेयर जारी गरेको हो । जसमा २ प्रतिशत अर्थात ५० हजार ३६५ कित्ता शेयर कर्मचारीहरूका लागि, ५ प्रतिशत अर्थात १ लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोष र बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको छ ।

आईपीओमा मागभन्दा धेरै आवेदन परेकोले न्यूनतम १० कित्ताका दरले गोलाप्रथा विधीबाट बाँडफाँड गरिनेछ । जसअनुसार २ लाख ३४ हजार १९१ जनाले मात्रै न्यूनतम १० कित्ताका दरले र बाँकी ४ जनाले ११ कित्ताका दरले आईपीओ प्राप्त गर्नेछन् । भने बाँकी १४ लाख ४६ हजार ९८८ जना आवेदकको हात खाली भएको छ ।

बैंकको सेयर अझ undervalued, ट्रेन्ड अनुसार लगानी, ठूला लगानीकर्ता पर्ख र हेर अवस्थामा|Radha Pokharel

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको